अवरुद्ध सडक अविलम्ब खुलाउने सरकारको निर्णय

नेपालभ्युज

अवरुद्ध सडक अविलम्ब खुलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले लगातारको वर्षासँगैको बाढीपहिराबाट अवरुद्ध सडक अविलम्ब सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्लेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको आपत्कालीन समन्वयात्मक बैठकले अवरुद्ध सडक खुलाउनका लागि भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले बाढीपहिरा तथा डुबानका कारण यातायात प्रभावित भएकाले हाल सञ्चालित विभिन्न परीक्षाहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । बैठकले तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट भएको हानीनोक्सानीको मूल्याङ्कन गरेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved