लुम्बिनी सांस्कृतिक नगरले लुम्बिनी विकाश कोषलाई भन्यो- निर्माण व्यवसायीको भुक्तानी छिटो गर

मेयर सजरुद्धिन मुसलमानले रकम छिटो भन्दा छिटो भुक्तानी गर्ने व्यवस्था मिलाउन लुम्बिनी विकास कोषलाई विशेष अनुरोध गरेका हुन् ।

नेपालभ्युज

लुम्बिनी सांस्कृतिक नगरले लुम्बिनी विकाश कोषलाई भन्यो- निर्माण व्यवसायीको भुक्तानी छिटो गर

काठमाडौं । लुम्बिनी क्षेत्रमा भुक्तानीको समस्या र अवरोधले निर्माण कार्य ठप्प भएपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाको समेत ध्यानाकर्षण भएको छ ।

१० महिनादेखि भुक्तानी नपाएका निर्माण व्यवसायीहरूले गत शुक्रबारदेखि सबै निर्माण कार्य रोकेर आन्दोलन जारी राखेपछि नगरपालिकाले समेत व्यवसायीहरूको माग पुरा गर्न लुम्बिनी विकाश कोषलाई आग्रह गरेको हो ।

आठदिनदेख निर्माण व्यावसायीहरु आन्दोलनमा छन् । उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने भन्दै आन्दोलन गरेपछि मेयर सजरुद्धिन मुसलमानले रकम छिटो भन्दा छिटो भुक्तानी गर्ने व्यवस्था मिलाउन लुम्बिनी विकास कोषलाई विशेष अनुरोध गरेका हुन् ।

शुक्रबार जारी वक्तव्य जारी गर्दै उनले भनेका छन् ‘लुम्बिनी जस्तो पवित्र स्थानमा यहाँका बासिन्दा तथा व्यापारी, निर्माण व्यवसायी कसैलाई कुनै प्रकारको दुख दिने कामहरू तत्काल रोकियोस् र निर्माण व्यवसायीहरूले नियमानुसार पाउनुपर्ने बिलको छिटोभन्दा छिटो भुक्तानी गरी समस्याको समाधान गर्नको लागि अपिल गर्दछौँ ।’

भुक्तानी नपाएमा महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्रको बारेमा गलत सूचना जाने भन्दै त्यस्ता क्रियाकलापप्रति दुख व्यक्ति गरिएको वक्तव्यमा भनिएको छ ।

‘लुम्बिनीमा काम गरेका निर्माण व्यवसायीहरू पाउनु पर्ने रकम नपाई धर्ना-आन्दोलन गर्नुपर्ने अवस्था आउनु लुम्बिनीवासीका लागी राम्रो होइन यसले विश्वजगतमा नै लुम्बिनी प्रति नकारात्मक सन्देश जाने हुँदा हामी सचेत हुनु जरुरी छ यसले पार्ने असर प्रति हामी गम्भीर छौँ यो अवस्था सृजना हुनु दुखद हो ।’ अगाडि भनिएको छ, ‘बुद्ध जन्मस्थलको संरक्षण, लुम्बिनीका जनताको सन्तुष्टि र समृद्धि आफ्नो मुख्य उद्देश्य रहेको हुनाले अब उप्रान्त यस्ता धर्ना/आन्दोलनका कामहरू नहुने अवस्था सृजना गर्न लुम्बिनी विकास कोष र सरोकारवालालाई ध्यानाकर्षण गराउँदछौँ ।’

 

भुक्तानी नपाउँदा लुम्बिनीका निर्माण व्यवसायी आर्थिक संकटमा, निर्माणका काम ठप्प (वक्तव्यसहित)

भुक्तानी नपाएका व्यवसायीले गरे लुम्बिनी क्षेत्रको गेटमा अवरोध, कोषको कार्यालय तालाबन्दी गर्ने चेतावनी

भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषको कार्यालयमा निर्माण व्यवसायीको धर्ना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved