७५ हजार धरौटी बुझाएर रिहा भए रास्वपा पूर्वसांसद ढाकाकुमार

नेपालभ्युज

७५ हजार धरौटी बुझाएर रिहा भए रास्वपा पूर्वसांसद ढाकाकुमार

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

श्रेष्ठ ७५ हजार रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका ४८ वर्षीय श्रेष्ठ २७ भदौमा पक्राउ परेका थिए ।

यसअघि गत साउन ३ गते पोखरा २ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।

त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको थियो ।

मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved