अल्टिमेट भेन्यूमा दशैं विशेष साहसिक महोत्सव हुँदै

नेपालभ्युज

अल्टिमेट भेन्यूमा दशैं विशेष साहसिक महोत्सव हुँदै

काठमाडौं । तारेभिर नारायण डाँडामा रहेको अल्टिमेट भेन्यूमा यो वर्षको दशैंलाई विशेष बनाउन ‘चङ्गा फरर’ कार्यक्रमको आयोजना हुने भएको छ ।

असोज १७ गतेदेखि २३ सम्म चल्ने यो साताव्यापी महोत्सवले नेपाली संस्कृति र परम्परालाई जोगाउँदै दशैंको उल्लासलाई थप उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ।

तारेभिर नारायण डाँडा, समुद्री सतहबाट २००७ मिटरको उचाइमा रहेको एक रमणीय पर्यटकीय स्थल हो, जहाँबाट काठमाडौं उपत्यका र काभ्रे जिल्लाका केही क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

यो क्षेत्र काठमाडौं उपत्यकाका उच्च स्थानहरूमध्ये एक हो, जहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य पनि हेर्न पाइन्छ।

अल्टिमेट भेन्यूको ‘चङ्गा फरर’ महोत्सवमा सहभागीहरूले लिङ्गे पिङ, डिजे सङ्गीतसहितको चङ्गा उडाउन सक्ने व्यवस्था निःशुल्क प्राप्त गर्न सक्नेछन् भने स्ल्याकलाइन, हाइ रोप्स अब्स्टकल, रक क्लाइम्बिङ्गजस्ता एड्भेन्चर गतिविधिहरू न्यून शुल्कमा अनुभव गर्न सकिनेछ ।

कार्यक्रम अवधिभर खाजा सेट र बियरको विशेष प्याकेजसमेत उपलब्ध हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved