नयाँ दिल्ली । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रति महिना बढाउने निर्णय गरेको छ ।
दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका हुन् ।
“पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ । उदाहरणका लागि, जब सन् २०१६–२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्यो, तब भाजपाले हामीलाई रोक्यो’ आतिशीले भनिन्, “अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।” एएनआई
Facebook Comment
Comment