अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वोच्चको ‘अन्य आदेश’

नेपालभ्युज

अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वोच्चको ‘अन्य आदेश’

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश गरेको  छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दामा निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

अदालतका अनुसार मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, बिहीबार त्यसको पाठ तयार भएपछि मात्रै थाहा हुनेछ ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

माओवादी विद्रोहका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले विसं २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए ।

पूर्णिमायाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै अर्को रिट निवेदन पनि दायर गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved