ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको अपचलनको जिम्मेवारी लिन तयार छु : रवि लामिछाने

नेपालभ्युज

ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको अपचलनको जिम्मेवारी लिन तयार छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले यस्तो बताएका हुन् ।

लाइभका क्रममा सभापति लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको समेत बताएका छन् ।

उनले  सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको बताएको उल्लेख गरे। उनले  त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको बताए ।

साथै उनले सहकारीको मुद्दामा मिडियाले आफूलाई निरन्तर खेदेको गुनासो गरे। विषय केन्द्रित हुनुपर्नेमा नेपाली मिडिया व्यक्ति केन्द्रित भएको उनको भनाइ थियो।

उनले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने आशंका व्यक्त गरे । ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन’, उनले भने ।

विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको बताउँदै सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराफेर नहुने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved