ट्रक आगजनीको आरोपमा दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

नेपालभ्युज

ट्रक आगजनीको आरोपमा दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

काठमाडौं । ट्रक आगजनी गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक भीम तुम्बापो पक्राउ परेका छन् ।

मंगलबार शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर बजारबाट तुम्बापोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि आइतबार राति ३ वटा भारतीय ट्रकमा आगजनी गरेको आरोप छ । प्रसाईं पक्राउ गरेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा समर्थकले ट्रकमा आगजनी गरेका थिए ।

तुम्बापोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved