राप्रपाले छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

नेपालभ्युज

राप्रपाले छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरुले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने बताएका हुन् ।

राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरुलाई स्थापतिन गराउन छठपछि काठमाडौंमा सातदेखि दशदिनसम्म निरन्तर आन्दोलन गर्ने बताए ।

उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान विचार भएकाहरुलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए ।

आन्दोलनलाई निष्कर्षमा नपुराएसम्म आफ्नो मुद्दाहरु स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved