धनुषा हिरासतबाट फरार २ बाहेक अरु थुनुवा पक्राउ

नेपालभ्युज

धनुषा हिरासतबाट फरार २ बाहेक अरु थुनुवा पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवाहरुमध्ये थप ३ थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका-१ का १७ वर्षीय सुमित मेस्तरलाई पक्राउ गरिएको हो । तीनैजनालाई धनुषाको लखौरीबाट पक्राउ गरिएको हो ।

यस अघि आजै फरार थुनुवाहरुमध्ये धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम-४ का २२ वर्षीय बिक्की कार्कीलाई पक्राउ गरिएको थियो । राति नै भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए ।

फरार थुनुवामध्ये २ जना अझै फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल र औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया अझै फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved