३५ रुपैयाँको पानी १०० मा बेच्ने थकाली खाना घरलाई ३ लाख जरिवाना

नेपालभ्युज

३५ रुपैयाँको पानी १०० मा बेच्ने थकाली खाना घरलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्यभन्दा तेब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

जिम्बु थकालीले उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी कारबाही गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेस्टुरेन्टले पानीमा अंकित गरेको मूल्यभन्दा तेब्बर लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाहीस्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए ।

उनले रेस्टुरेन्टले अब पनि अंकित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट शिलबन्दी गर्ने बताए ।

उनले चाडपर्वलक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । उनले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताए । काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved