काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

नेपालभ्युज

काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ ।

माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् ।

टोलीलाई नेपाल पुलिस तथा नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्टिय विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

अपराजित रहदै फाइनल पुगेको पुलिसलेले फाइनलमा पनि सोझो सेटको जित हासिल गरेको थियो । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved