ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि

नेपालभ्युज

ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।
संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा ग्लोबल आइएमई बैंक विजेता बनेको हो । प्रतियोगितामा ३८ वटा बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी रहेका थिए ।

अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।

उक्त प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बै‍ंकका चन्द्रिका भट्टले हात पारेकी छिन ।

साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेकी छिन ।

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ । अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved