वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

नेपालभ्युज

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै शानदार जित हात पारेको छ ।

शनिबार लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

चौथो मिनेटमा नै ज्याक्सनको गोलबाट अग्रता लिएको चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई गोल गरेका थिए । त्यस्तै कोल पाल्मरले एक गोल गरेका थिए ।

जितसँगै चेल्सी ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अंक जोडेको वेष्टह्याम चौधौं स्थानमा छ ।

यस सिजनमा चेल्सीको यो तेस्रो जित हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved