कांग्रेसले कामै गर्दैन, गफ बढी गर्छ भन्छन् : देउवा

नेपालभ्युज

कांग्रेसले कामै गर्दैन, गफ बढी गर्छ भन्छन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनले जिकिर गरे ।

धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले भने, ‘प्रतिस्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाएअनुसार त नेपाली जनताहरू खुसी भएका छन् । कति कचकच गर्ने, दुईवटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यसकारण दुईवटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।’

उनले थप भने, ‘कांग्रेसले कामै गर्दैन भन्छन् है, विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन, अनि खाइदेला नि अरू पार्टीले ! त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुपर्‍यो । जनतासँगको सम्बन्ध बढाउनुपर्‍यो । जनताको दिल जित्नुपर्‍यो । जनताको कामहरू गर्नुपर्‍यो ।’

कम से कम नम्बर वान पार्टी, पहिलो पार्टी नेपालको भयो भने हाम्रो पार्टीलाई जनताले गरेको विश्वास पूरा हुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved