आतिशीले लिइन् मुख्यमन्त्रीको शपथ

नेपालभ्युज

आतिशीले लिइन् मुख्यमन्त्रीको शपथ

काठमाडौं । आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेकी छन् । उनलाई लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् ।

तिहाड जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए ।

त्यसपछि यही साता बसेको व्यवस्थापिका–संसद्को बैठकमा मुख्यमन्त्रीका लागि अतिशीको नाम अनुमोदन भएको थियो ।

आतिशी मार्लेना : कट्टर कम्युनिष्ट परिवारमा जन्म, नाममै छ मार्क्स र लेनिनको मिश्रण

आतिशीसँगै कैलाश गहलोत, गोपाल राई, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावतले पनि मन्त्रीको रुपमा शपथ लिएका छन् ।

मुकेश अहलावत मन्त्रिपरिषद्‌मा नयाँ अनुहार हुन् । अरु सबै केजरीवालको क्याबिनेटमा पनि परेका थिए । शपथ ग्रहण समारोहमा केजरीवाल पनि सहभागी भएका थिए ।

आपका शीर्ष नेताको जेल यात्राले आतिशीलाई खुल्यो मुख्यमन्त्रीको बाटो, यस्तो छ विगत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved