श्रीलंकामा आज राष्ट्रपतीय चुनाव, सर्वेक्षणमा दिसानायके अगाडि

नेपालभ्युज

श्रीलंकामा आज राष्ट्रपतीय चुनाव, सर्वेक्षणमा दिसानायके अगाडि

काठमाडौं । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे भागेपछि त्यहाँ पहिलोपटक निर्वाचन हुँदैछ ।

त्यसबेला देशमा ठूलो आन्दोलन भएको थियो, जसकारण राजापाक्षेले देश नै छाड्नुपरेको थियो । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बने । आजको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ । करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् ।

धेरै विश्लेषकहरूले यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरेका छन् ।

चुनावी मैदानमा ३९ जना प्रतिस्पर्धामा छन् । पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन् ।

उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ । अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने बाचा गरेका छन् । अनुराबाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन् । सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे उनीपछि तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved