धरहरा चढ्न सर्वसाधारणको लाम, लागू भएन अनलाइन टिकट

नेपालभ्युज

धरहरा चढ्न सर्वसाधारणको लाम, लागू भएन अनलाइन टिकट

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएको पहिलो दिन नै धरहरा चढ्नेको भिड लागेको छ ।

अनलाइन टिकट बुकिङ गरेर आएकाहरु पनि घण्टौं लाइन बसेका छन् । केही त पालो नआएर फर्कन बाध्य भएका छन् ।

अनलाइन टिकट बुकिङको व्यवस्था गरिएपनि टिकट नलिएकाहरु पनि प्रवेश गरेपछि बुकिङ गर्नेहरुले पालो नपाएका हुन् ।

भिड नियन्त्रण गर्न नसक्दा अनलाइन बुकिङ गरेकाहरुलाई पालो दिन नसकिएको सुरक्षामा खटिएका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले बताए ।

उनले भने, ‘तपाईं सुरुमा आउनुभएको भए थाहा पाउनुहुन्थ्यो । टिकट नभएकाहरुले पालो मिच्दै जान थाले । त्यसैले टिकट सिस्टम लागू हुन पाएन ।’

धरहरा चढ्न अनलाईन बुकिङ गरेर आएकाहरुले पालो नपाएपनि वृद्धवृद्वालाई भने पालो दिइएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved