धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने

नेपालभ्युज

धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं । पुनर्निर्माण भएको धरहरा सर्वसाधारणको लागि भोलिदेखि खुला गरिने भएको छ । संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागिएको हो ।

२७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालयले धरहरा चढ्न पाउने व्यवस्था गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजनालाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ ।

धरहरा पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको छैन । २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ ।

यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved