न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्छौं : महामन्त्री थापा

नेपालभ्युज

न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्छौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गरिने जानकारी दिएका छन् ।

बुधवार मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले त्यसमा शिक्षा ऐन तत्काल पारित गर्ने कुरा लेखेको जानकारी दिए ।

उनले भने, ‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ, त्यो कार्यक्रम बनाइरहेका छौं, त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन ।’

नयाँ सरकार बनेको दुई महिनापछि सरकारले गर्ने साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

थापाले शिक्षाबारे काम गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल रहेका समूह बनाएर काम गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved