आजदेखि पितृपक्ष सुरु (तस्वीरहरू)

आजदेखि पितृपक्ष सुरु (तस्वीरहरू)

काठमाडौं । चन्द्रमास पात्रो अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष अर्थात् सोह्र श्राद्ध भनिन्छ ।

आमाबुवा  नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्दछन् । तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भएता पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

हिन्दू वैदिक पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ ।

यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दै तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन् । हिन्दुधर्मावलम्बीहरु सोर्ह श्राद्वमा श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्नेमा विश्वास राख्दछन् ।

तस्वीरहरु:-



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved