इन्द्रजात्रामा अघिल्लो साल विदेशी अतिथि बोलाएका बालेनले यसपालि किन गरे बहिस्कार !

अघिल्लो वर्ष मेयर बालेन्द्र साहले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । तर, यसपालि आफैँले बहिष्कार गरे । इन्द्रजात्रा छल्नकै लागि उनी भारतको बैंगलोर पुगेको छन् ।

नेपालभ्युज

इन्द्रजात्रामा अघिल्लो साल विदेशी अतिथि बोलाएका बालेनले यसपालि किन गरे बहिस्कार !

काठमाडौं । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा गरिएको विशेष समारोहमा महानगरका मेयर बालेन्द्र शाह गएनन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू उपस्थित समारोहमा महानगरको नेतृत्व उपमेयर सुनिता डङ्गोलले गरिन् । उनैले राष्ट्रपतिसहित विशिष्ट पाहुनालाई स्वागत गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर शाह भने भारतमा रहेको बुझिएको छ । अघिल्लो वर्ष मेयर बालेन्द्र शाहले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिलाई पनि बोलाएका थिए ।

तर, यसपालि आफैँले बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि उनी भारतको बैंगलोर पुगेको स्रोतको दाबी छ ।

समारोहमा बालेनका केही समर्थक उनको नाम र तस्वीर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरूले हुलहुज्जत गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि उनीहरुलाई छाडिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved