काठमाडौं । सर्वसाधारणले वर्षको तीन पटक मात्र पूर्ण दर्शन गर्न पाउने श्वेत भैरव मन्दिरको ढोका इन्द्रजात्रा सुरु भएदेखि भने पूर्ण रूपमा खोलिएको छ ।
वर्षभरि नौ वटा झ्याल (आँखीझ्याल)भित्र गुपचुप बस्ने नेपाल कै सबैभन्दा ठुलो (अनुहार) श्वेत भैरवको पूर्ण दर्शन गर्न सर्वसाधारणले वर्षको तीन पटक मात्र पाउँदछन् ।
श्वेत भैरवको पूर्ण रूपमा दर्शन गर्न इन्द्रजात्राको आठ दिन, बडा दसैँ र चैते दसैँमा मात्र पाइन्छ। द्वादशीका दिन हनुमान ढोकामा यःसिं (लिङ्गो) ठड्याइसकेपछि इन्द्रजात्रा सुरु हुन्छ र त्यस दिन देखि श्वेत भैरवको सम्पूर्ण ढोका खोलिन्छ ।
संस्कृतिविद्हरूका अनुसार श्वेत भैरवको पूजा तान्त्रिक विधि अनुसार गर्नु पर्ने भएकाले सधैँ खुल्ला नराखिएको हो । अहिले इन्द्रजात्राको लागि श्वेत भैरवको मूर्ति रंगरोगन गर्ने काम चलिरहेको छ ।
तस्वीरहरु:-
Facebook Comment
Comment