काठमाडौं । दाह्री राख्ने कि क्लीन शेभ ? दुवैको आआफ्नै तर्क छन् । सामान्यतया धारणा यो छ कि महिलालाई चकलेटी र क्लीन शेभ भएका पुरुष मन पर्छ । तर, अध्ययन र अनुसन्धानका अनुसार महिला क्लीन शेभको तुलनामा दाह्री भएका पुरुषलाई बढी आकर्षक मान्छन् ।
उनीहरूलाई लामो समयका लागि बढी विश्वासिलो साथी मान्छन् । क्वीन्सल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले दाह्री भएका र नभएका पुरुषबारे महिलाको रुचि जान्न ८ हजार ५०० भन्दा बढीको राय लिएका थिए । ति महिलालाई पुरुषसँगको सम्बन्धबारे विभिन्न प्रश्न सोधिएको थियो ।
यी सबै सर्वेक्षण र अध्ययन युरोपेली र अमेरिकी देशका हुन् । अध्ययनले निष्कर्ष निकालेको छ कि महिलाहरू विवाहका लागि दाह्री भएका पुरुष नै बढी मन पराउँछन् । क्लीन शेभ भएका पुरुषलाई सामान्य सम्बन्धका लागि ठीक मान्छन् ।
रिपोर्ट अनुसार दाह्रीले पुरुषलाई परिपक्व र सामाजिक रूपमा प्रतिष्ठित देखाउँछ । दाह्रीलाई दीर्घकालीन सम्बन्धको लागि सफा अनुहारको तुलनामा बढी आकर्षक मानिन्छ । यद्यपि, केही अनुसन्धानहरू यसबारे फरक भन्छन् ।
एक डेटिङ साइटले अध्ययनपछि निष्कर्ष निकालेको छ कि ६० प्रतिशत महिलालाई दाह्री भएका पुरुष आकर्षक लागे । तीमध्ये ५० प्रतिशत महिलाका जीवनसाथी दाह्री र जुँगा भएका थिए ।
Facebook Comment
Comment