मधेस प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

नेपालभ्युज

मधेस प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा
फाइल फोटो

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved