इजरायली आक्रमणमा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणमा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणमा परी संयुक्त राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको छ ।

इजरायलले गाजाको एक विद्यालयमा बुधबार गरेको हवाई हमलामा परी राष्ट्रसंघका ६ कर्मचारीको मृत्यु भएको हो ।

नुसेरात शरणार्थी शिविरस्थित अल–जाउनी स्कुलमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको र हराजौँ प्यालेस्टिनी विस्थापित भएको गाजामा हमासको अधिनमा रहेको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

विद्यालयबाट आतंकवादीहरुमाथि नियोजित आक्रमण गरेको र सर्वसाधारणलाई क्षति नपुर्‍याउने प्रक्रिया पनि अपनाएको इजरायली सेनाले बताएको छ ।

गाजामा जारी आक्रमण पूर्णरुपमा अस्वीकार्य भएको संयुक्त राज्यका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । विगत ११ महिनामा विद्यालयमा भएको यो पाँचौँ आक्रमण हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved