बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

नेपालभ्युज

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार शीर्ष नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरुमा ओली र प्रचण्डबीच कुराकानी भइरहेको थियो । पछि देउवा पनि छलफलमा मिसिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ ।

एमाले र कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved