खादा, मालाले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा उपकरण बिगार्‍यो ?

नेपालभ्युज

खादा, मालाले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा उपकरण बिगार्‍यो ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ ।

कार्यालयले खादा र मालाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोग हुँदै आएका सुरक्षा जाँचमा समस्या आएको बताएको हो ।

विमानस्थल कार्यालयले आज एक सूचना जारी यात्रुलाई विमानस्थलको सुरक्षा जाँच गर्ने ठाउँसम्म खादा नलगाउन र ब्यागमा पनि नराख्न आग्रह गरेको हो ।

सुरक्षा जाँचका उपकरणहरु एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगनेको कार्यालयले जनाएको छ ।

यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेकाले त्यसो नगर्न भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved