पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि

नेपालभ्युज

पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि

इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैंक अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ ।

बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब नब्बे करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक मिलियन डलर, संयुक्त अरब इमिरेट्सबाट ५३८ दशमलव चार मिलियन डलर, बेलायतबाट ४७४ दशमलव ८ मिलियन डलर र अमेरिकाबाट ३२२ दशमलव ४ मिलियन डलर विप्रषण आएको बैंकले जनाएको छ ।

विदेशमा रहेका कामदारले पठाएको विप्रेषणको पाकिस्तानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पाकिस्तानले प्राप्त गर्ने विदेशी मुद्राको प्रमुख स्रोतमा विप्रेषण पनि एक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved