बीपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : देउवा

नेपालभ्युज

बीपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

बीपी कोइरालाको एक सय ११औं जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेसले आज आयोजना गरेको ‘बीपीको समाजवाद : आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बीपीले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै  समयअनुसार खोज/अनुसन्धान गरी त्यसलाई विश्वसामू पुर्‍याउनुपर्ने बताए ।

बीपीले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

देउवाले भने, “समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved