हसिनाविरुद्धको मुद्दाको अदालती सुनुवाइ प्रत्यक्ष प्रसारण हुने

नेपालभ्युज

हसिनाविरुद्धको मुद्दाको अदालती सुनुवाइ प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । बंगलादेशको मोहम्मद युनुस सरकारले गत जुलाईमा भएको नरसंहारमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हुने अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ।

पूर्वप्रधानमन्त्री हसिनाको सुपुर्दगीका लागि चर्चा भइरहेको बेलामा सरकारको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणका नवनियुक्त मुख्य अभियोजक ताजुल इस्लामले पूर्वप्रधानमन्त्रीसहित नरसंहारमा संलग्न अभियुक्तहरूविरुद्धको मुद्दाको प्रगतिबारे पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

बंगलादेश टाइम्सका अनुसार इस्लामले नरसंहारबारे जानकारी लिन देशका सबै उपायुक्त, प्रहरी उपरीक्षक, सिभिल सर्जनलाई पत्र पठाएका छन्।

अदालतको कारबाही पूर्ण पारदर्शिताका साथ गरिने र आवश्यक सबै प्रक्रिया पूरा गरिने इस्लामले बताए ।

गत जुलाईमा बंगलादेशमा भएको आन्दोलनमा १००० भन्दा बढीको मृत्यु भएको थियो । विद्यार्थी आन्दोलन चर्किएपछि अगस्ट ५ तारिख शेख हसिना प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved