सुनसरीको सिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

नेपालभ्युज

सुनसरीको सिसौलीघाटबाट २ सय ४५ के.जी गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरीले भाद्र २५ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ ।

सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved