चतुर्थी : गणेशको दर्शनमा दर्शनार्थी (तस्वीरहरू)

चतुर्थी : गणेशको दर्शनमा दर्शनार्थी (तस्वीरहरू)

काठमाडौं । हिन्दू धर्मशास्त्रअनुसार भाद्र शुक्ल चतुर्थी तिथिमा गणेश चतुर्थी पर्व मनाइन्छ । भगवान् गणेशको जन्मदिनको रूपमा मनाइने यो पर्व गणेश चौथीको नामले समेत चिनिन्छ ।

हिन्दू धर्मावलम्बीहरू भगवान् गणेशलाई विद्या, वुद्धि, समृद्धि र सौभाग्यका देवताको रूपमा पुज्दछन् । आजको दिन विशेषगरी माटोको गणेश मूर्ति बनाइ पूजा गरिने परम्परा रहिआएको छ ।

गणेश चौथीको दिन बिहानदेखि गणेश मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उपत्यकाको चार गणेशसहितका अन्य मन्दिरहरूमा आज विशेष पूजा हुने गर्दछ ।

आजको दिन भगवान् गणेशको प्रिय मिठाइ लड्डुलाई पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

तस्वीरहरू हेर्नुहोस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved