आमाछोरा हत्या घटना : २४ घण्टा बितिसक्दा पनि परेन जाहेरी, अनुसन्धानमा खटियो प्रहरी

नेपालभ्युज

आमाछोरा हत्या घटना : २४ घण्टा बितिसक्दा पनि परेन जाहेरी, अनुसन्धानमा खटियो प्रहरी

उदयपुर । कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता भएको छैन ।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनकी छ वर्षीय छोरा आरुस थापा हत्या गरी मृत्यु भएको अवस्थामा फेलापरेका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए ।

पसलमा बास बसेका आमाछोराको हत्या

मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए ।

बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । हत्या गरिएका निर्मला थापाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए ।

श्रीमान्ले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन् । बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved