चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँछ : सभामुख घिमिरे

नेपालभ्युज

चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँछ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिन्दू महिलाले महादेवको पूजा आराधनागरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् ।

‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो ।’

सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताएका छन् । उनले मौलिक पर्वलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी भएको सन्देशमा उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved