सङ्घीय निजामती विधेयक यथाशीघ्र पारित गर्नुपर्ने सुझाव

नेपालभ्युज

सङ्घीय निजामती विधेयक यथाशीघ्र पारित गर्नुपर्ने सुझाव

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा उक्त विधेयक यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिइएको हो ।

छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए । “कर्मचारीतन्त्रलाई थप व्यवस्थित गर्न यो विधेयक छिटो पारित गर्न आवश्यक छ”, उनले भने ।

समितिका सभापति रामहरि खतिवडाले कुनै पनि राजनीतिक दलको झल्को नदिइकन सबैको एकतामा विधेयक बनाउने प्रतिबद्धता जनाए ।

आजको बैठकमा सांसद दुर्गा राईले राज्य सञ्चालनको मुख्य जिम्मेवारी निजामती कर्मचारीको हातमा रहेको भन्दै समयमा विधायन संशोधन हुन आवश्यक रहेकामा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved