झुट बोल्दा कुन अङ्गको प्रतिक्रिया कस्तो हुन्छ ?

नेपालभ्युज

झुट बोल्दा कुन अङ्गको प्रतिक्रिया कस्तो हुन्छ ?

काठमाडौं । वास्तवमा जब तपाईं झुट बोल्नुहुन्छ, शरीरको एक भाग तातो हुन्छ । जसको बारेमा कमैलाई थाहा छ ।

आज हामी तपाईंलाई झूट बोल्दा शरीरले कसरी प्रतिक्रिया गर्छ भन्नेबारे केही महत्त्वपूर्ण कुराहरू बताउन गइरहेका छौँ । जसमा तपाईंले कहिल्यै ध्यान नदिएको हुन सक्छ । जब तपाईं झूट बोल्नुहुन्छ, शरीरको एउटा अङ्ग यस्तो छ जुन तातो हुन्छ ।

जब पनि तपाईं झूट बोल्नुहुन्छ, नाक तातो हुन्छ । यसबाहेक जब तपाईं झूट बोल्नुहुन्छ, आँखाका परेलाहरू छिटो–छिटो झम्किन थाल्छन् र आँखाको रङ्ग पनि बदलिन्छ ।

झूट बोल्ने क्रममा व्यक्तिले आफ्नो नाक कन्याउन थाल्छ । यी सबै तरिकाहरू झूट बोल्दा शरीरको प्रतिक्रियामा समावेश छन् । त्यसैगरी झूट बोल्दा तपाईंको बोल्ने तरिकामा पनि परिवर्तन आउँछ ।

जब तपाईं झूट बोल्नुहुन्छ, पर्याप्त मात्रामा बोल्नुहुन्न । वा तपाईं धेरै बोल्न थाल्नुहुन्छ । साथै, तपाईं आँखामा आँखा मिलाएर कुरा गर्नुहुन्न, आफ्नो मुख र आँखा छोप्न थाल्नुहुन्छ, बेचैन हुनुहुन्छ।

अब यी प्रतिक्रियाहरूबाट तपाईं अर्को व्यक्तिले झूट बोलिरहेको छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved