कलंकीको वासुकीचौरमा महायज्ञको तयारी, दिनबन्धु पोखरेल प्रमुख कथावाचक

नेपालभ्युज

कलंकीको वासुकीचौरमा महायज्ञको तयारी, दिनबन्धु पोखरेल प्रमुख कथावाचक

काठमाडौं । विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ ।

भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए ।

वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्राङ्गणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिने प्रमुख घिमिरेले जनाए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल रहनेछन । पण्डित विपिनकृष्ण भट्टराई उपवाचक रहने छन् ।
एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्वसन्ध्यामा भजनकिर्तनसहित नाचगान हुने छ ।

कार्यक्रममा श्रीमद्भागवतको पूर्वाङ्ग दीप प्रज्वलनसँगै महायज्ञको शुभारम्भ हुनेछ ।

महायज्ञको पहिलो दिन कलश यात्रा निकाल्ने र तीन किलोमिटर बजार परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

वैदिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पुर्‍याउने प्रमुख घिमिरेले बताए ।

सडकमा अलपत्र परेका एवं भोको पेट र उपचार बिना तड्पिरहेका वृद्ध आमाबुवा र अशक्तहरूलाई भगवानमा महत्वको आलोक झल्काउन र उनीहरूलाई बस्ने उचित वातावरण बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved