समीक्षा लक्षित पूजा शर्माको टिप्पणी – चलचित्र आउनु अगाडि शत्रु त लाग्छन् नै

नेपालभ्युज

समीक्षा लक्षित पूजा शर्माको टिप्पणी – चलचित्र आउनु अगाडि शत्रु त लाग्छन् नै

काठमाडौं । अभिनेत्री पूजा शर्माले आफ्नो चलचित्र आउनु अगाडि शत्रु लागेको टिप्पणी गरेकी छन् । गायिका समीक्षा अधिकारीलाई लक्षित गर्दै शर्माले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ ।’

यस विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि लक्षित गरेकाले बोल्न बाध्य भएको उनले बताइन् ।

समीक्षाले पूजालाई भनिन्- सही गलत छुट्याउन नसक्ने उमेरमा मायाको तराजुमा जोख्न तयार भएँ, पीडा नदिनुस्

उनले भनिन्, ‘मिडियामा आएका मेरा सम्पूर्ण सामग्री नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु ।’

‘चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै’ उनले अधिकारीलाई लक्षित गरेर भनिन् ।

यसअघि अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी थिइन् । आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?’ भन्दै उनले पूजालाई प्रश्न गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved