समीक्षाले पूजालाई भनिन्- सही गलत छुट्याउन नसक्ने उमेरमा मायाको तराजुमा जोख्न तयार भएँ, पीडा नदिनुस्

नेपालभ्युज

समीक्षाले पूजालाई भनिन्- सही गलत छुट्याउन नसक्ने उमेरमा मायाको तराजुमा जोख्न तयार भएँ, पीडा नदिनुस्

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।

उनले फेसबुकमा लेखेकी छिन् , ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’

आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?’ भन्दै उनले पूजालाई प्रश्न गरेकी छन् ।

‘अदालत नै पोडकाष्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ ।’

समीक्षाले अन्तमा ‘यसरी पीडा नदिनुस् प्लिज’ भनेकी छिन् ।

आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् । पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved