रामहरि खतिवडा भन्छन् – मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्

नेपालभ्युज

रामहरि खतिवडा भन्छन् – मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

उनले भने, ‘म सत्तापक्षकै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् ।’

सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआईजीपीहरूको माग

उनले यसअघि भने, ‘अन्त कहाँ-कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर, मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् ।’

सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे ।

मन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved