महानगरको सूचनाबारे डंगोल भन्छिन् – छलफल नगरेकोले ओनरसीप लिन्नँ

नेपालभ्युज

महानगरको सूचनाबारे डंगोल भन्छिन् – छलफल नगरेकोले ओनरसीप लिन्नँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन्द्र शाह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

काठमाडौं उपत्यकाका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा बनेका संरचना हटाउन सर्वोच्च अदालतको दिएको आदेशको विषयमा महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले प्रश्न उठाएकी हुन् ।

गत साउन २९ गते महानगरले पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने निर्णय गरेको थियो ।

कार्यपालिकाको मंगलबार बसेको बैठकमा बोल्दै उनले महानगरको गतिविधिबारे महानगरक जनप्रतिनिधिलाई जानकारी नदिएको गुनासो गरिन् । अदालतको फैसला पालना गर्नु सबैको दायित्व भए पनि त्यसबारे छलफल नभएको उनको भनाइ छ ।

बैठकमा उनले राखेको धारणा-

महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ । तर, यो सबै जनाको निर्णय हो कि होइन ?

स-साना विषयहरु बोर्डमा ल्याउने गरिएको छ । तर, यति संवेदनशील विषय बोर्ड बैठकमा राखिएन । मेयरस्तरीय निर्णय भनेर सूचना जाने हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति कदापी होइन ।

फैसलाले कतिलाई असर पर्छ त्यसलाई कम गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्छ । अदालतमा गरेको निर्णय सदैब जनताको हितमा हुन्छ भन्ने पनि छैन ? त्यसैकारण अर्को पुनरावलोकनमा जानेको बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला ।

जनताले जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेका छन् तर, हामीसँग छलफल नै नगरेकाले सूचनाको ओनरसीप लिन सकिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved