एलिसा न्यौपानेको हत्या आरोपित खान हेटौंडाबाटै पक्राउ

नेपालभ्युज

एलिसा न्यौपानेको हत्या आरोपित खान हेटौंडाबाटै पक्राउ

काठमाडौं । मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भदौ ९ गते हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा २३ वर्षीया न्यौपाने मृत फेला परेकी थिइन् । घटनापछि फरार रहेका ३२ वर्षीय समीर खानलाई प्रहरीले पक्राउ गरेको हो ।

खानलाई हेटौंडा-५ लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटना अनुसन्धानका क्रममा खानलाई भाग्न सहयोग गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved