नेपाल बारको आन्दोलनका कार्यक्रम फिर्ता

नेपालभ्युज

नेपाल बारको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । एसोसियसनले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिएको हो ।

एसोसियसनले न्याय परिषद् नियमावली २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटक–पटक ध्यानकर्षण गर्दै आएको थियो ।

आइतबार न्याय परिषद् घेरेको बारले सोमबार सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved