ओलीलाई बालेनले भने – ज्ञानविहीन हुँदा तपाईं जस्तै पछि कार्यकर्ता अरुको इशारामा चल्नुपर्ला

नेपालभ्युज

ओलीलाई बालेनले भने – ज्ञानविहीन हुँदा तपाईं जस्तै पछि कार्यकर्ता अरुको इशारामा चल्नुपर्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम राखेको भन्ने मुद्दामा कार्यकर्ताले भ्रम फैलाएको भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

उद्धार गरेकी बालिकाको बुवालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हाल्न लगाएको पनि उनले बताएका छन् ।

शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन अदालत धाएको पनि बालेनको आरोप छ ।

उनले लेखेका छन्, ‘रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै छिन र आफै हार्दै छिन । महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।’

उनले थप भनेका छन्, ‘प्रधानमन्त्री खड्कप्रसाद ओली ज्यु तपाईंले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’

सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको पनि उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved