त्रिविले माग्यो ११ क्याम्पस प्रमुखसहित विभिन्न पदका लागि आवेदन

नेपालभ्युज

त्रिविले माग्यो ११ क्याम्पस प्रमुखसहित विभिन्न पदका लागि आवेदन
फाइल फोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुखसहित विभिन्न पदका लागि आवेदन माग गरेको छ ।

सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै रेक्टर कार्यालयले क्याम्पस प्रमुखसहित ८ संकायमा डीनलगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरेको हो ।

त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका लागि क्याम्पस प्रमुख माग गर्दै आवेदन खुलाएको हो।

त्यस्तै, त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले ८ वटा संकायको डीन नियुक्तिका लागि पनि आवेदन माग गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोट समितिले दरखास्त माग गरेको छ ।

यस्तै, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरु विराटनगर, पोखरा, नेपालगञ्ज र मधेस प्रदेश कार्यालयका लागि १/१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको छ ।

सूचना अनुसार इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved