केही ठाउँमा आज राति ठूलो पानी पर्ने सम्भावना 

नेपालभ्युज

केही ठाउँमा आज राति ठूलो पानी पर्ने सम्भावना 
सांकेतिक तस्वीर

काठमाडौं । देशका धेरैजसो ठाउँमा हिजोदेखि शुरू भएको झरी भोलिसम्म नै रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना छ ।

तर, मध्य र पश्चिममा भने भोलि बेलुकासम्म नै पानी पर्ने सम्भावना छ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम भोलिसम्म नै चल्ने छ।

यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम छ ।

कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved