श्रीमान्‌सँग झगडा परेपछि २ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए

नेपालभ्युज

श्रीमान्‌सँग झगडा परेपछि २ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए
सांकेतिक स्केच

मोरङ । मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेको छ । सुन्दरहरैँचा ७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो ।

शनिबार उनीहरूको शव घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमान्सँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन् । उनले आफ्ना दुई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन् । अस्मिता भने अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।

धनकुटाको पख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै आफ्नो लागि घर बनाउँदै थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved