बङ्गलादेशमा बाढीका कारण एक हप्तामा ५९ जनाको मृत्यु

नेपालभ्युज

बङ्गलादेशमा बाढीका कारण एक हप्तामा ५९ जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा यस महिना भएको वर्षा र यसले निम्त्याएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् प्रतिकार्य समन्वय केन्द्र (एनडीआरसीसी) ले वर्षाकै कारण ठूलो जनधनको क्षति भएको छ ।

केन्द्रले शनिबार सार्वजनिक गरेको पछिल्लो अपडेटमा शनिबारसम्म ४१ जना पुरुष, छ जना महिला र १२ जना बालबालिका गरी ५९ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी बाढी देशको दक्षिणपूर्वी ग्रेटर नोआखाली क्षेत्रमा आएको छ ।

बाढीका कारण बढी मृत्यु दक्षिणपूर्वी नोआखाली, कोमिला र फेनी जिल्लामा भएको छ । पछिल्ला दिनमा उत्तरपूर्वी सिलहट क्षेत्रका पनि वर्षा र बाढीका कारण सामान्य जनजीवन प्रभावित भएको छ ।

देशका ६४ जिल्लामध्ये ११ जिल्लामा आएको बाढीका कारण ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने जनधनको ठूलो क्षति भएको छ।

अधिकारीहरूले प्रकोप प्रतिकार्य बलको टोलीलाई उद्धार कार्य गर्न, राहत सामग्रीहरू वितरण गर्न र बाढी प्रभावितहरूले आश्रय लिएका केन्द्रहरूको निरीक्षण गर्न पठाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved