केदारनाथमा हेलिकोप्टर खसालियो

नेपालभ्युज

केदारनाथमा हेलिकोप्टर खसालियो

काठमाडौं । भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना भएको छ ।

मर्मतका लागि निर्माणस्थलतर्फ लैजाने क्रममा केस्ट्रेल एभिएसनको हेलिकोप्टर खसालिएको हो । उक्त हेलिकोप्टरलाई एमआई–१७ हेलिकोप्टरले बोकेको थियो ।

तर, एयरलिफ्टको क्रममा तीव्र हावाका कारण एमआई–१७ ले सन्तुलन गुमाएको थियो । त्यसपछि पाइलटले दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षित स्थानमा हेलिकोप्टर खसालेका थिए ।

घटना शनिबार बिहान ८ बजेको हो ।

हावा र हेलिकोप्टरको तौलका कारण एमआई–१७ को सन्तुलन बिग्रिएको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले जानकारी दिए ।

त्यसपछि पाइलटले थारु क्याम्प उपत्यकाको खाली ठाउँमा हेलिकोप्टर खसालेका थिए । यहाँ मानवबस्ती थिएन ।

खसालिएको केस्ट्रेल एभिएसनको हेलिकोप्टरले मे २४ मा केदारनाथमा आपत्‌कालीन अवतरण गरेको थियो । त्यसयता हेलिप्याडमा राखिएको थियो । मर्मतका लागि आज बिहान गौचर एयरबेसमा लैजान लागिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved